मस्ककोले नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने

मस्ककोले नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने
hindustantimes.com

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को निर्णय गर्दै आएका एलन मस्कले नक्कली ट्वीटर अकाउन्टहरु बन्द गर्ने घोषणा गरेका छन् ।

लगातार ३ वटा ट्वीट गर्दै उनले बारम्बार अकाउन्टको नाम फेर्न, अर्काको फोटो राख्ने र प्यारोडी अकाउन्ट चलाउनेहरुका अकाउन्ट बन्द गर्ने घोषणा गरेका हुन । मस्कले ट्वीटर ह्याण्डल गर्ने सबै जनालाई यस अघि नै यो खालको सन्देश र चेतावनी दिईसकेको भन्दै अब बिना सूचना अकाउन्ट बन्द गरिदिने समेत बताएका छन् ।

उनले शुल्क तिरेर निलो टिकको अकाउन्ट चलाउनेहरुले नाम फेरेमा निलो टिक स्थगित गरिदिने चेतावनी समेत दिएका छन्। मस्कको यो घोषणासँगै ट्वीटरले एलन मस्ककै नाम र फोटो प्रयोग गरेर सञ्चालन भइरहेका अकाउन्टहरु बन्द गरिदिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com