हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह
wikipedia.org

एजेन्सी । लेबनानमा हैजाको प्रकोप नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

लेबनानमा गत महिना देखि फैलिएको हैजाको प्रकोप बढ्दै गएकाले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि १ करोड २ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेकोले आग्रह गरेको छ ।

लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि सो रकमको आवश्यक परेको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताउनु भएको छ ।

लेबनानमा केही महिनायता फैलिएको हैजाबाट २ हजार ५ सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ ४ सय १६ जना हैजाका विरामी रहेका छन् ।

लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट मृत्यु भएको छ । गत असोजको तेस्रो साता हप्ता देखि लेबनानमा हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com