रुस र अमेरिकाबीच टकरावको जोखिम

रुस र अमेरिकाबीच टकरावको जोखिम

रुसी विमानसँगको भिडन्तपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त भएको छ । रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएर मानवरहित अमेरिकी विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ ।

यो घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकरावको जोखिम बढेको छ । अमेरिकाले ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित मिसनमा रहेको बेला दुई रुसी विमानले यसलाई रोक्न खोजेको बताएको छ ।

रुसले ड्रोन तीव्र चालका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ । साथै दुई विमानले सीधा सम्पर्क गरेको कुरा भने अस्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयले पनि MQ-9 रीपर ड्रोन यसको ट्रान्सपोन्डरहरू बन्द गरेर उडान गरिरहेको बताएको छ ।

ट्रान्सपोन्डरहरू सञ्चार उपकरणहरू हुन् जसले विमानलाई ट्र्याक गर्न सहज हुन्छ । रीपर ड्रोनहरू २० मिटरको पखेटा भएका निगरानीका लागि प्रयोग गरिने विमान हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com