जलवायु परिवर्तन रोक्न सबैले मिलेर काम गर्नुपर्ने महासचिव गुटेरेसको भनाइ

जलवायु परिवर्तन रोक्न सबैले मिलेर काम गर्नुपर्ने महासचिव गुटेरेसको भनाइ

एजेन्सी । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राख्नुभएको हो ।

कोभिड महामारीको प्रकोप र युक्रेन-रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तर्राष्‍ट्रिय सम्बन्ध नै दबाबमा परेको समेत टिप्पणी गर्नुभएको छ ।

'मानवतासँग विकल्प छस् सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्' महासचिवले शर्म अल-शिकको रेड सी रिसोर्टमा आयोजित संयुक्त राष्ट्रसंघ कोप२७ शिखर सम्मेलनमा बताउनुभयो ।

गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको ‘ऐतिहासिक’ सम्झौताको लागि आह्वान गर्दै उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युगभन्दा माथि १.५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com