इजरायलकै इतिहासमा सबैभन्दा ठूलो विरोध प्रदर्शन

इजरायलकै इतिहासमा सबैभन्दा ठूलो विरोध प्रदर्शन

सयौं हजार इजरायलीहरु इतिहासकै सबैभन्दा ठूलो विरोध प्रदर्शनमा सहभागी भएका छन् । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा विगत साढे २ महिनाभन्दा लामो समयदेखि प्रदर्शन भइरहेको छ ।

सरकार विरोधी प्रदर्शन देशभर नै फैलिरहेको छ । हिजो भएको प्रदर्शनमा देशभर ५ लाखभन्दा बढी प्रदर्शनकारीहरु सम्मिलित भएको बताइएको छ । इजराइलको चर्चित अखबार हारेट्जले इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन भएको जनाएको छ ।

तेल अविव शहरमा मात्रै २ लाखभन्दा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएको बताइएको छ । हाइफा लगायतका शहरहरुमा अनुमान गरेभन्दा कयौं गुणा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

सरकारले अघि सारेको न्यायिक प्रणालीमा सुधारको योजनाले लोकतन्त्रलाई कमजोर बनाउने आलोचकहरुको भनाइ छ । बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारले भने योजनाबद्ध परिवर्तनहरू मतदाताका लागि राम्रो भएको बताएको छ ।

प्रदर्शनको नेतृत्व गरिरहेको विपक्षी दलका नेता यायर लापिडले भीडकै बीच सम्बोधन गर्दै इजराइलले इतिहासमै सबैभन्दा ठूलो संकटको सामना गरिरहेको बताउनु भयो । आतंकवादले नराम्ररी प्रहार गर्नुका साथै मुलुकको अर्थतन्त्र ध्वस्त भएको उहाँको भनाइ छ । साथै देशबाट पैसा पलायन भइरहेको विपक्षी नेताको भनाइ छ ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com