स्पेस एक्स रकेटको इन्जिनमा समस्या देखिएपछि अन्तिम समयमा प्रक्षेपण स्थगित

स्पेस एक्स रकेटको इन्जिनमा समस्या देखिएपछि अन्तिम समयमा प्रक्षेपण स्थगित

नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा ४ जना अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्स रकेटको प्रक्षेपण अन्तिम समयमा रद्द गरेको छ ।

प्राविधिक समस्या देखाउँदै नासाले प्रक्षेपण रोकेको हो । क्यानेडी स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गर्नु दुई मिनेट अघि इन्जिनमा समस्या आएका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ ।

समस्या देखिएको इन्जिनको मर्मत लगत्तै मौसमले साथ दिए मंगलबार उक्त रकेट प्रक्षेपण गर्ने पनि नासाले जनाएको छ । स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारीमा थिए ।

त्यस्तै, रकेटबाट सबै इन्धन ननिकाल्दासम्म अन्तरीक्ष यात्री रकेटभित्रै रहने भएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com