महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु

महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु

रुसकाे एक क्याफेमा एउटा बट्टा विष्फोट हुँदा रुसी सेनाका मुख्य भ्लगर भ्लादेन टार्टस्कीकाे मृत्यु भएकाे छ ।

रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा बट्टा विष्फोटमा हुँदा भ्लगरकाे मृत्यु भएको हो । रुसी रक्षा मन्त्रालयका अनुसार सेन्ट पिटर्सबर्गको स्ट्रिट फुड बार वानमा छलफलमा रहेका ब्लगरलाई एक महिलाले उपहार भन्दै दिएको बट्टा विष्फोट हुँदा भ्लगरकाे मृत्यु भएकाे हाे ।

घटनामा २५ जना घाइते भएको र घाइते मध्ये १९ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ । वास्तविक नाम म्याक्सिम फोमिन रहेका भ्लगरका टेलिग्राममा ५ लाख ६० हजार फ्लोअर रहेका छन् ।

युक्रेनमा रुसी आक्रमणका कडा समर्थक ब्लगरले युक्रेन आक्रमणको फ्रन्टलाइनबाट रिपोर्टिङ गर्दै आएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com