विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ६४ करोड नाघ्यो, संक्रमित कति ?

 विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ६४ करोड नाघ्यो, संक्रमित कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६४ करोड नाघेको छ ।

गत २४ घण्टामा २ लाख ६७ हजारभन्दा धेरै सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ६४ करोड एक लाख भन्दा धेरै भएको हो ।

सन् २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक देखिएको कोरोना सङ्क्रमण अहिलेसम्म विश्वका २ सय २९ देशका ६६ करोड ८८ लाखभन्दा धेरैमा पुष्टि भइसकेको छ ।

जसमध्ये ६७ लाख १४ हजारको मृत्यु भएको छ । अझैपनि २ करोड १९ लाख सक्रिय सङ्क्रमित रहेकामा ४८ हजारको अवस्था जटिल र बाँकीको सामान्य रहेको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आइरहेको वल्डोमिटरले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com