
एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियामा आँधी तुफानसँगै आएको बाढीका कारण यस साता दुई करोड ५० लाखभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन् ।
क्यालिफोर्नियाका थुप्रै क्षेत्र डुबानमा परेका छन् भने १९ जनाको मृत्यु भएको छ ।
जोखिम बढ्दै गएपछि स्थानीय प्रशासन तथा निकायहरुले घर छाडेर अन्य सुरक्षित स्थानमा जान प्रभावितहरूलाई निर्देशन दिएका छन् ।