
भारतमा शनिबार मध्यरातिसम्म दुई हजार ४८७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २१ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २१४ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १७ हजार ६९२ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ८७८ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७९ हजार ६९३ लाई कोरोना सङ्क्रमण निको भएको छ ।