रुससँग वार्ताका लागि युक्रेन तयार छ : युक्रेनी राष्ट्रपति

रुससँग वार्ताका लागि युक्रेन तयार छ : युक्रेनी राष्ट्रपति

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँग वार्ताका लागि आफू फेरिपनि तयार रहेको बताउनुभएको छ । उहाँले रुससँग युद्ध अन्त्य लगायतका विषयमा वार्ताका लागि युक्रेन तयार रहेको भन्दै केही शर्तहरू राख्नुभएको छ । युक्रेनको एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उहाँले मस्कोलाई संयुक्त राष्ट्रको बडापत्रको पालना गर्न र चलिरहेको युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिर्न आह्वान गर्नुभएको हो । जलवायु परिवर्तनसम्बन्धी २७ औं सम्मेलनलाई सम्बोधन गदै उहाँले क्षेत्रीय अखण्डताको पुर्नस्थापना, हरेक युद्ध अपराधीलाई सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो । झन्डै ९ महिनादेखि जारी युक्रेन र रुस युद्ध अन्त्य हुने कुनै सम्भावना नदेखिए पछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि रुससँग आग्रह गर्नुभएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com