खेअर्सन सहरबाट सेना फिर्ता गर्ने रुसको निर्णय, युक्रेनको यस्तो प्रतिक्रिया

खेअर्सन सहरबाट सेना फिर्ता गर्ने रुसको निर्णय, युक्रेनको यस्तो प्रतिक्रिया
एजेन्सी

काठमाडौं । युक्रेनको खेअर्सन सहरबाट सेना फिर्ता गर्ने निर्णयबाट रुस समस्यामा परेको अमेरिकाले टिप्पणी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही समस्यामा रहेको सङ्केत गरेको बताउनुभएको छ । उहाँले केही समयदेखि आफूले यस्तो कदमको अपेक्षा गरेको समेत बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले मध्यावधि चुनावपछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाउनुभएको हो । युक्रेनले प्रतिरक्षा गरिरहेका बेला रुसले गरेको पछिल्लो निर्णयलाई ठूलो धक्काका रुपमा विश्लेषण गरिएको छ ।

साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना फिर्तीलाई गम्भीरतापूर्वक लिएको र किएभ सावधानीपूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

रुसले हिजो युक्रेनको खेअर्सन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको थियो । खेअर्सन सहर रूसले आफ्नो विशेष सैन्य अपरेसनको बेलामा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो । साथै रुसले गएको फेब्रुअरी २४ मा आक्रमण सुरु गरेदेखि नै रुसी सेनाबाट नियन्त्रित एक मात्र सहर हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com