रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ ।

जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको उल्लेख गर्दै युद्धको नाममा रुसले युक्रेनमा मानवता विरुद्धकै अपराध गरिरहेको बताउनुभएको हो ।

अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टद्वारा समर्थित संस्थाहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसले ३० हजार भन्दा बढी गम्भीर मानव अधिकार उल्लंघनको अपराध गरेको छ ।

रुसले युक्रेनमा एकवर्षको अवधिमा हत्या, यातना, बलात्कार, निर्वासन र मृत्युदण्ड जस्ता जघन्य अपराध गरेको स्मरण गर्दै उहाँले प्रसूति गृह जस्तो अस्पताल लक्षित आक्रमण कसैको लागि सह्य नहुने प्रतिक्रिया समेत दिनुभयो ।

सोही सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले युक्रेनलाई सैन्य सहयोग दोब्बर पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com