Entertainment

कमेडियन कपिल भन्छन्: 'धर्मेन्द्रका कारण यहाँ छु'

Daily News Nepal

टेलिभिजनमा सशक्त 'कमेडियन'का रूपमा चर्चा कमाएका व्यक्तिमा पर्छन्, कपिल शर्मा । उनले लामो संघर्षका क्रममा सफलता र असफलता दुवैलाई भोगिसकेका छन् ।

टेलिभिजनमा दर्शकको साथ पाउँदै 'स्टारडम' बढाइरहेका कपिल आपसी विवादका कारण शून्य अवस्थामा पुगेका थिए । अस्ट्रेलियामा शो सकेर फर्किंदै गर्दा आफ्नै सहकर्मी सुनिल ग्रोभरलाई दुर्व्यवहार गरेको भन्दै आलोचित बनेका कपिल त्यसयता उठ्न सकेका थिएनन् ।

उनले पटकपटक आफूलाई उठाउन प्रयास पनि नगरेका होइनन्, तर पनि असफलता नै पाए । त्यसपछि उनी झन्डै एक वर्ष टीभीबाट हराए । उनलाई 'कमब्याक' गर्ने प्रेरणा र आत्मबल बलिउडका 'भाइजान' सलमान खानले दिए । उनले कपिललाई कमब्याक मात्र गराएनन्, स्थापित नै बनाए ।

मैले निकै संघर्षपछि शो सुरु गरेँ तर त्यतिबेला अतिथि बनेर कोही आउन मान्दैनथे’, उनले पुराना दिनलाई सम्झिँदै भने, ‘उक्त समयमा मेरो निम्तोलाई स्वीकार्दै धमेन्द्र आइदिनुभयो । म उहाँकै कारण आज यहाँ छु

पछिल्लो समय कपिल यसै शोको नयाँ सिजनमार्फत दर्शक सामु आइरहेका छन् । अघिल्लो हप्ताबाट सुरु भएको शोमा अतिथि आउने क्रम बढ्दो छ । आइतबार प्रसारण भएको एपिसोडमा उनका प्रिय कलाकार धर्मेन्द्रसँगै शत्रुघ्न सिन्हा पनि आएका छन् । उनले पहिलेझैँ सफलता पाइरहेका छन् ।

कपिलले आफू सफल कमेडियन बन्नुको श्रेय बलिउडका स्टार धर्मेन्द्रलाई दिएका छन् । उनले आफू धर्मेन्द्रकै कारण कपिलको नामले चिनिएको र आफ्नो कमेडी देखाउने अवसर पाएको बताए ।

‘मैले निकै संघर्षपछि शो सुरु गरेँ तर त्यतिबेला अतिथि बनेर कोही आउन मान्दैनथे’, उनले पुराना दिनलाई सम्झिँदै भने, ‘उक्त समयमा मेरो निम्तोलाई स्वीकार्दै धमेन्द्र आइदिनुभयो । म उहाँकै कारण आज यहाँ छु ।’

धर्मेन्द्र अतिथि बनेको शो निकै लोकप्रिय भएको थियो भने कपिल पहिलो पटक उक्त एपिसोडमार्फत टीआरपीको शीर्ष स्थानमा थिए । त्यसपछि कपिलको शोमा लगातार सेलिब्रेटीहरू आइरहे ।

Finance Minister Unveils Ambitious Plan to Boost Domestic Production

Nepal's Chief of Army Staff Addresses National Security Concerns

Defense Minister Urges Unity in Safeguarding National Identity and Interests

House of Representatives' Finance Committee Draws Criticism for Pre-Budget Talks with NGO

Home Minister urges Nepali Congress to act responsibly as opposition