dailynews
dailynews
नेपाली

जङ्गली हात्तीको त्रासमा बाहुनडाँगी

Daily News Nepal

“प्रहरी प्रशासनदेखि सबैको ध्यान यतिबेला मत गणनातिर छ”, उहाँले भन्नुभयो, “हाम्रो भने हात्तीबाट आफू र पाकेको बाली कसरी जोगिनु भन्नेमा छ ।” उहाँले चार दशकदेखि बाहुनडाँगीवासी हात्तीबाट पीडित बन्दै आएको बताउनुभयो । उहाँले बस्ती नजिकै रहेको सामुदायिक वनमा रहेका हात्ती लखेट्नका लागि डिभिजन वन कार्यालयसँग आग्रह गरिरहेको बताउनुभयो ।मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् ।

पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् । शनिबार राति आएकोे हात्तीमध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वनमा रहेको उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले रातभर साइरनसहितको टोलीले हात्ती लखेट्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी प्रशासन यतिबेला मत गणना स्थलमा सुरक्षाका लागि खटिएका छन् । एउटा मात्र साइरनसहितको गाडीले हात्ती धपाउन समस्या भइरहेको छ ।” उहाँका अनुसार मेची नदी किनारमा हात्तीलाई रोक्न लगाइएको विद्युतीय घेराबाराको बेलैमा मर्मत नुहँदा पनि भारतीय हात्ती हूल बाँधेर नेपाल पस्न थालेका छन् ।

तेलपानी वनमा रहेका हात्तीलाई भने आजै साँझ भारतीय जङ्गलतर्फ लखेट्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

Finance Minister Unveils Ambitious Plan to Boost Domestic Production

Nepal's Chief of Army Staff Addresses National Security Concerns

Defense Minister Urges Unity in Safeguarding National Identity and Interests

House of Representatives' Finance Committee Draws Criticism for Pre-Budget Talks with NGO

Home Minister urges Nepali Congress to act responsibly as opposition