CPN Unified Socialist
CPN Unified Socialist
समाचार

एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत चयन

Daily News Nepal

काठमाडौं, १३ भदाै

नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) को ल्होत्से हलमा बसेको आज अपरान्ह बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एस) सँग संघीय संसदमा ३० जना सांसद रहेका छन । नेपाल नेतृत्वको नेकपा एसले गत भदौं ९ गते दलको मान्यता प्राप्त गरेको थियो ।

Nepal Bans Import and Sale of Everest and MDH Spices Due to Pesticide Concerns

Physical altercation in Nepal's House of Representatives over financial misconduct inquiry

PM Prachanda Optimistic About Resolving Parliamentary Obstruction

Nepali Congress to Obstruct House Proceedings Over Fraud Case Handling

35th NepalDay: Longing for Change - Just a Dream? Event in Cologne, Germany