Technology

अमेजनले बन्द गर्दैछ एलेक्सा

Daily News Nepal

कुन वेबसाइट कति लोकप्रिय छ भनेर ट्रयाक गर्ने अमेजनको एलेक्सा इन्टरनेटको नाम बाट परिचित सेवा alexa.com अब बन्द हुने भएको छ.

एलेक्सा डट कमले वेबसाइट र्‍याङ्किङ (Website Ranking) र SEO कुनैपनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन टूल्सहरु प्रदान गर्दै आएको थियो, मे १ २०२२ बाट वेबसाइटहरूको तथ्याङ्क र तिनीहरूको र्‍याङ्किङहरू उपलब्ध गराउन बन्द गर्नेछ।

हामीले एलेक्सा आजभन्दा २५ वर्षअघि सुरुवात गरेका थियौ, दुई दशकभन्दा बढी तपाईंहरूलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो
एलेक्सा डट कम टिम

नेपालमा पनि यो साइटलाइ आफ्नो साइटको र्‍यांक हेर्ने महत्वपूर्ण वेबसाइटका रुपमा प्रयोग गरिन्थ्यो ।

कम्पनीले आफ्नो अकाउन्टको डाटाहरु बन्दहुनु अघिनै निकाल्न भनेको छ । येदि तपाइ एलेक्साको प्रयोगकर्ता हुनुहुन्थ्यो भने आफ्नो डाटाहरु मे १ अघि नै सुरक्षित गरिसक्नु पर्नेछ।

एलेक्सा २०२२ मे १ तारिखबाट पूर्णरूपमा बन्द हुनेछ । अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनिले किन सेवा बन्द गरिएको हो भन्ने बारे कुनै जानकारी दिएको छैन।

Finance Minister Unveils Ambitious Plan to Boost Domestic Production

Nepal's Chief of Army Staff Addresses National Security Concerns

Defense Minister Urges Unity in Safeguarding National Identity and Interests

House of Representatives' Finance Committee Draws Criticism for Pre-Budget Talks with NGO

Home Minister urges Nepali Congress to act responsibly as opposition