Wired UK
Wired UK
Technology

६२८ खर्ब वटा अंकमा निकालियो π को मान

Daily News Nepal

एक गणितीय अचरको रुपमा रहेको गि्रक अक्षर π (पाइ)को मान २२ भागा ७ हुन्छ । वास्तवमा पाइ भनेको कुनै पनि वृत्तको परिधि र ब्यासको अनुपात हो ।

हिसाब गर्दा पाइको मानलाई छोटकरीमा ३.१४१६ पनि लेखिन्छ । तर पाइको वास्तविक मान निकाल्नुपर्दा ७ अंकले २२ अंकलाई भाग गर्दा निशेष भाग नजाने भएको हुँदा अनन्तसम्म भाग गरिरहनु पर्दछ ।

हालै स्विजरल्याण्डका वैज्ञानिकहरुले यसरी २२ अंकलाई ७ ले सबैभन्दा धेरैपटक भाग गरी पाइको अहिलेसम्मकै ठूलो तथा शुद्ध मान पत्ता लगाएका छन् । उनीहरुले ६ सय २८ खर्बवटा अंकमा पाइको मान निकालेर विश्वकीर्तिमान कायम गरेका हुन् ।

स्विजरल्याण्डको युनिभर्सिटी अफ एप्लाइड साइन्सेज ग्राउबुन्डेनका शोधकर्ताहरुको एक टिमले यसअघिको ५ सय खर्ब अंकको कीर्तिमान भंग गर्न सफल भएका हुन् । पाइको मान ५०० खर्ब अंकमा निकालेर यसअघि टिमोथी मुल्लिकानले विश्वकीर्तिमान राखेका थिए ।

स्वीस गणितज्ञको टोलीले पाइको कीर्तिमानी मान निकाल्नका लागि १०८ दिन ९ घण्टा लगायो । पाइको मान निकाल्नका लागि उनीहरुले ३२ कोर प्रोसेसर, १ टिबी र्‍याम तथा वाई क्रन्चर प्रोग्राम भएको सुपर कम्प्युटरको प्रयोग गरेका थिए । त्यसमा ३८ वटा हार्ड ड्राइभ प्रयोग भएको थियो जहाँ हरेक हार्ड ड्राइभको क्षमता १६ टिबी थियो । त्यसमध्ये ३४ वटा हार्डड्राइभहरु प्रोसेसिंगमा प्रयोग भएका थिए भने ४ वटा पाइको नयाँ मान भण्डारण गर्न प्रयोग भए ।

स्वीस वैज्ञानिकहरुको यो कीर्तिमानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिनभने बाँकी नै छ । मान्यता पाएसँगै आधिकारिक रुपमा पाइको नयाँ मान प्रकाशित गर्ने योजना विश्वविद्यालयको छ ।

Finance Minister Unveils Ambitious Plan to Boost Domestic Production

Nepal's Chief of Army Staff Addresses National Security Concerns

Defense Minister Urges Unity in Safeguarding National Identity and Interests

House of Representatives' Finance Committee Draws Criticism for Pre-Budget Talks with NGO

Home Minister urges Nepali Congress to act responsibly as opposition