एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः डा. शर्मा, महासचिव एनआरएनए

एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः डा. शर्मा, महासचिव एनआरएनए

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्माले संघलाई राजनीति हस्तक्षेप मुक्त बनाउनुपर्छ। नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६२ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएका अधिकांश मुद्दाहरु राजनीतिसँग जोडिएको भए पनि एनआरएनएमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका हुन् ।

२००५ देखि एनआरएनएमा आबद्ध डा. शर्मा एनआरएनए अभियानका सुपरिचित व्यक्तित्व वर्तमान महासचिव दसौं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी हुन् । राजनीतिप्रति आफू बितृष्णा र अनुदार नरहेको बताउँदै उनले भने, ‘राजनीतिको नाममा साना र तल्लो तहमा हस्तक्षेप गरेको प्रति मेरो आपत्ति हो।’

उनले भने, ‘हामी के सचेत छौं भने राजनीतिबिना यत्रो ठूलो संस्था चल्दैन र हाम्रो जति पनि मुद्दा छन्, त्यो राजनीतिसँगै जोडिएका छन्। तर पार्टी र राजनीतिको नाममा हुने हस्तक्षेपप्रति मेरो मात्र नभएर एनआरएनएप्रति चिन्ता गर्ने सबैको आपत्ति छ।’

एनसीसीको चुनावमा टिकट माग्न काठमाडौं जानुपर्ने र नेताहरुलाई आफ्नो पक्षमा पार्ने साथै निर्वाचनमा प्रत्यक्षरुपमा मन्त्रालय, हेडक्वाटर, सांसदहरुबाट फोन आउनेजस्तो हस्तक्षेपले एनआरएनएलाई कतै नपुर्याउने उनको भनाइ छ।

एनआरएनएमा राजनीतिक हस्तक्षेप हुनु हुँदैनः डा. शर्मा, महासचिव एनआरएनए
एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : महेश श्रेष्ठ

मन्दिरको अगाडि जुत्ता छोडेझैं एनआरएनएमा आउँदा राजनीतिको टोपी र जुत्ता बाहिरै छोडेर आउनु पर्ने उनको बुझाइ छ।

सोहीक्रममा नेपाल पत्रकार महासंघका राजकुमार थापाले एनआरएनएमा राजनीतिक चासो बढ्नुको कारण के होला भन्ने प्रश्नमा डा. शर्माले भने, ‘नेताहरुले बाहिर देख्ने एनआरएनएमा आकर्षण हुनु हुँदैन। यसबाट नेताहरुलाई केही फाइदा हुँदैन पनि। ठूलो र प्रोफेसनल मान्छे बाहिर छन्, त्यसैले यसमा आँखा लाउनु उपयुक्त नहोला।’

निर्वाचनको भद्रगोललाई मध्यनजर गर्दै के कस्ता कार्यक्रम ल्याउनु भयो भन्ने नेपाल पत्रकार महासंघ यूरोपका केजिन राईको प्रश्नमा डा. शर्माले भने, ‘संस्थाको संरचना र निर्वाचनको पद्धतिसंग जोडिएका विषयलाई परिवर्तन गर्नु नै थियो। त्यही पद्धतिलाई सच्याउनका लागि गत जनवरीमा विशेष अधिवेशन बोलाएर विधानमा संशोधन गरेका छौं। पहिला जस्तो नेपालमा घुम्न गएको र धेरैभन्दा धेरै व्यक्तिलाई लिएर भोट हाल्न जाने परम्परालाई नयाँ विधान अनुसार यसपाली अन्त्य गरेका छौं।’

६५ प्रतिशत पुरानो एनसीसीआइसीमा कार्य गरेकाहरुलाई छुट्याएको छ। यस्तै, १० प्रतिशत नयाँ कार्यसमिति (महिला, युवा एनआरएनएलाई योगदान गर्ने) लाई पठाउने व्यवस्था र २५ प्रतिशत महाधिवेशनबाट निर्वाचित भएर आउने व्यवस्था गरिएको छ। जसबाट यसपटकको निर्वाचन व्यवस्थित हुने उनको भनाइ छ।

गत वर्षको जस्तो निर्वाचनमा भद्रगोल नहोस् भनेर हामीले अनलाइन भोटिंगको व्यवस्था बनाएका हौं। यस्तो गर्दा निर्वाचनमा पोलिटिक्स कम हुने बताए । नीति तथा व्यवस्थापकीय तर्फ सुधार गर्न सकेमा पहिलेभन्दा व्यवस्थित रुपमा निर्वाचन सम्पन्न हुन सक्नेमा डा शर्मा विश्वस्त देखिन्छन्।

सबैको साझा र सबैको अपनत्व हुनु पर्छ भन्ने मुद्दा हो र यसलाई पैसा र राजनीतिबाट टाढै राख्ने हामीले प्रयत्न गरिरहेका छौं। यसको लागि अनलाइन प्रणालीबाट मतदान गर्ने भएकाले गत सालको जस्तो भद्रगोल नहुने उनको भनाइ थियो ।

‘जहाँ पैसा र पोलिटिक्स जोडिएको छ त्यसलाई शून्य बनाउनु पर्छ भनेर प्रि मेम्बरशिप र रजिस्ट्रेसन फि लाई शून्य बनाउने प्रयत्न गर्यौं।’

एनआरएनएमा यसप्रति जिम्मेवारीबोध गर्ने नेतृत्वको आवश्यक हुन्छ। जसले एनआरएनएको मर्मलाई आत्मसात गरेर विश्वभरका गैरआवासीय नेपालीको हक हितका लागि काम गर्नुपर्ने उनको बुझाइ छ।

अनलाइनमार्फत् सम्पन्न भएको उक्त कार्यक्रममा डा शर्माको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com