Politics

प्रतिनिधिसभामा एमालेको अवरोध - लाइभ अपडेट

Daily News Nepal

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

दोस्रो बैठकमा पनि एमाले सांसदको नाराबाजी कायमै

बैठक रोकिएपछि एमाले नेतासँग छलफलमा सभामुख

बैठक रोकिएपछि छलफलमा सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

एमालेका सांसदले नाराबाजी गरेर अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले आजको बैठकमा पनि रोस्टम अगाडि नारावाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी थिए। यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए। तर, आइतबार भइरहेको नाराबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका हुन्।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।

लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ ।

संवादमा आउन सभामुखको आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।

आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए ।

विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए ।

सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए ।

एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन्

Tourism holds the key to Nepal's economic success, says Minister Tamang

Nepal Faces Nationwide Internet Outage Amid Payment Disagreement

KP Sharma Oli Condemns Kathmandu's Approach to Informal Settlements

Ex-Nepali PM Alleges Current PM's Power-Hungry Tactics

Nepal's Federal Parliament is set to Prioritize Bill Finalization in Upcoming Budget Session