wikipedia
wikipedia
नेपाली

माधव नेपालको ओलीलाई सुझाव : महालेखाको प्रतिवेदन पढ्नुहोस्

Daily News Nepal

काठमाडौं, १३ भदौ

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् ।

एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन् ।

ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाएका नेपालले हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले सबै छर्लङ पारेको बताए ।

‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटी पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने ।

Ex-Nepali PM Alleges Current PM's Power-Hungry Tactics

Nepal's Federal Parliament is set to Prioritize Bill Finalization in Upcoming Budget Session

German-Nepal Friendship Association Prepares to Celebrate 35th Nepal Day in Cologne

Former Nepal PM Oli Argues Against Politicizing Provincial Naming

Suhang Nemwang vows to serve Ilam Region No. 2 with honesty and commitment