Politics

निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको आयोगद्वारा जानकारी

Daily News Nepal

काठमाडौं। निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रारम्भिक खर्च विवरण जानकारि गराएको छ। जसअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको आयोगले जनाएको छ।

आज आयोजित एक कार्यक्रममा निर्वाचन आयोगले प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको बताएको हो। अब करिब ५० करोड भुक्तान गर्न बाँकी रहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च रकम ७ अर्ब नकट्ने बताउनुभयो ।

निर्वाचनका लागि आयोगलाई १० अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थपलियाले बताउनुभयो ।

हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रहेको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रहेको आयोगले जनाएको छ।

Supreme Court orders removal of news video in contempt case

Nepal's Ambitious Federal Parliament Building Project Grapples with Delays

Former Prime Minister Oli urges investment in Nepal's development journey

Nepal's Deputy Prime Minister highlights initiatives to simplify land acquisition and leasing for foreign investors

Minister Sharma Highlights the Urgent Need for IT Hub in Nepal