Daily mail
Daily mail
Technology

आईफोन १३ मा नयाँ फिचर, मोबाइल नेटवर्क बिनै फोन र म्यासेज गर्न सकिने

Daily News Nepal

आईफोन १३ को व्यग्र प्रतिक्षामा रहेका प्रयोगकर्ताहरूको लागि एउटा अर्को नयाँ खबर आएको छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार आईफोन १३ सिरिजको फोनमा स्याटेलाइट फिचर हुनेछ, जसले तपाईंलाई फोरजी र फाइभजी नेटवर्कबाट टाढा हुँदा पनि स्याटेलाइटको मद्दतले फोन गर्न र म्यासेज पठाउन सघाउनेछ ।

एप्पलका नयाँ एनलिस्ट रिपोर्टका अनुसार आईफोन १३ मा प्रयोग भएको प्रविधिले मोबाइल नेटवर्कमा नभएको बेला स्याटेलाइटसँग कनेक्ट गराउन सक्छ ।

टीएफ इन्टरनेशनल सेक्युरिटिज एनलिस्ट मिङ चि कुओका अनुसार नयाँ फोनमा प्रयोग भएको क्वालकम चिपले लो अर्थ अर्विट (एलईओ) स्याटेलाइटसँग कनेक्ट हुन मद्दत गर्दछ । यसले आईफोनलाई स्याटेलाइट फोन बनाएको उनको दाबी छ ।

उनका अनुसार मोबाइलमा प्रयोग भएको चिप क्वालकमको एक्स स्किस्टी बेस्ब्यान्ड चिपको कस्टमाइज्ड भर्सन हो, जसको निर्माणको लागि क्वालकमले ग्लोबलस्टारसँग सहकार्य गरिरहेको छ ।

एरो स्पेस टेक्नोलोजीका अनुसार हाल ग्लोबल स्टार अन्तर्गत ४८ वटा एलईओ स्याटलाइटहरू सञ्चालनमा छन् । तर यो सुविधा आईम्यासेज र फेसटाइमको लागि कसरी प्रयोग हुनेछ भन्ने विषयमा भने अझैँ पनि अन्यौलता नै रहेको छ ।


यस विषयमा क्वालकमका प्रवक्ताले भने आफ्नो भनाइ राख्न अस्वीकार गरेका छन् ।

Ex-Nepali PM Alleges Current PM's Power-Hungry Tactics

Nepal's Federal Parliament is set to Prioritize Bill Finalization in Upcoming Budget Session

German-Nepal Friendship Association Prepares to Celebrate 35th Nepal Day in Cologne

Former Nepal PM Oli Argues Against Politicizing Provincial Naming

Suhang Nemwang vows to serve Ilam Region No. 2 with honesty and commitment